प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच आज पनि सिंहदरबारमा वार्ता हुँदै



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच भेटवार्ता हुँदैछ ।

बिहीबार दिउँसो १ बजे प्रधानमन्त्री कार्की र प्रसाईंबीच सिंहदरवारमा नेतृत्व तहमा द्विपक्षीय वार्ता हुन लागेको हो ।

प्रसाईँले सरकारसँग राजसंस्था पुनस् स्थापना, हिन्दु अधिराज्य कायम हुनुपर्ने लगायतका विभिन्न मागहरू राखेका छन्।प्रसाईँले उक्त मागहरु पूरा नभए आन्दोलन गर्ने चेतावनी पनि दिँदै आएका छन् ।

यसअघि पुस १५ गते प्रधानमन्त्री कार्कीसंग प्रसाईं समूहले वार्ता गरेको थियो।

प्रसाईंसँगको उक्त भेटमा प्रधानमन्त्री कार्कीले देशले थप अस्थिरता झेल्न नसक्ने भन्दै शान्तिपूर्ण तरिकाले आफ्ना माग राख्न र जनताबाट अनुमोदन प्राप्त गर्ने लोकतान्त्रिक बाटो अपनाउन आग्रह गरेकी थिइन् ।

त्यसअघि पुस १ गते प्रसाईं समूहले सरकारद्वारा गठित वार्ता समितिसँग वार्ता गरेको थियो।

सरकारले राजनीतिक वातावरण बनाएर सहज रूपमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला पक्षसँग निरन्तर वार्ता र संवाद गरिरहेको छ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्