देउवाले कांग्रेस शीर्ष नेतालाई बोलाए छलफलमा
काठमाडौं, पुस १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको तयारीमा लागेपछि सभापति देउवाले शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।
उनले छलफलका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूलाई महाराजगञ्जस्थित निवास बोलाएको बताइएको छ ।
कांग्रेसले आज (शुक्रबार) केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर १६ पुस (बुधबार) का लागि तय भएको वडा अधिवेशन प्रभावित बनेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार नियमित अधिवेशन स्थगन भएको विज्ञप्ति जारी गर्दै केही दिनभित्रै २७ पुसका लागि विशेष महाधिवेशन घोषणाको तयारीसमेत गरेका छन् ।
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार












