देउवा र प्रचण्डलाई जाँचबुझ आयोगले प्रश्न पठायो



काठमाडौँ । जेनजी प्रदर्शनबारे अनुसन्धान गर्न गठित जाँचबुझ आयोगले कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न पठाएको छ ।

न्यायाधिश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा किशोरहरूको ज्यान जानेगरी भएको घटनाबारे जाँचबुझ गर्न उनीहरूलाई प्रश्न पठाएको हो ।

आन्दोलनका क्रममा दुवै नेताको घरमा उच्छृङ्खल समूहले आगजनी समेत गरेका थिए ।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्