नेपाली सेनाका तीन सहायक रथीको उपरथीमा बढुवा, दज्र्यानी चिन्ह प्रदान



काठमाडौं । नेपाली सेनाका तीन जना सहायक रथी उपरथीमा बढुवा भएका छन्।

पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनीहरुको बढुवा गरिएको हो ।

जसअनुसार पाइलट सहायक रथी राम सुन्दर बोहोरा, सहायक रथी भुवन खत्री र प्राविधिक (इन्जिनियर) सहायक रथी धर्मेन्द्रकुमार झा उपरथीमा बढुवा भएका छन्।

यस्तै ५ जना प्रमुख सेनानी महासेनानीमा बढुवा भएका छन्। उनीहरुलाई शुक्रबार प्रधानसेनापति अशोकराज सिग्देलले दज्र्यानी चिन्ह प्रदान गरेका छन्।

त्यस्तै पहिल्यै बढुवा भएका महासेनानी विजितराज रेग्मीलाई पनि दज्र्यानी चिन्ह गरिएको छ । बढुवा भएका रेग्मीको दज्र्यानी चिन्ह लगाउन बाँकी थियो।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्