ताप्लेजुङ आसपास भूकम्पको धक्का महसुश



काठमाडौं, पुस १९ । ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६ः१३ मिनेटमा चार दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर चार दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको थियो ।

नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।

प्रकाशित मिति: १९ पुस २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्