६ कम्युनिस्ट पार्टीले गरे निर्वाचन बहिष्कारको घोषणा
काठमाडौं, पुस १९ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनलाई ६ कम्युनिस्ट पार्टीले बहिष्कार गर्ने घोषणा गरेका छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र समाजवादी कम्युनिस्ट पार्टी नेपालले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन् ।
कुपोन्डोलमा बसेको ६ पार्टीको संयुक्त बैठकले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गर्न लागेको निर्वाचनलाई जनविरोधी भन्दै बहिष्कार गर्ने निर्णय गरेको हो ।
बैठकले विज्ञप्ति जारी गर्दै वर्तमान सरकारलाई कठपुतलीको संज्ञा दिंदै विघटनको माग गरेको छ ।
प्रकाशित मिति: १९ पुस २०८२, शनिबार












