प्रचण्ड आज किन जाँदैछन् दिल्ली ?
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदैछन् ।
नेकपानिकट नेपाली समाज भारतको आयोजनामा हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन उनी दिल्ली जान लागेका हुन् ।
कार्यक्रममा प्रचण्डद्वारा नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्त्वबारे समसामयिक सन्देश प्रदान गरिने बताइएको छ ।
कार्यक्रम सोमबार दिउँसो १ बजे लाजपत भवन अडिटोरियम लाजपत नगर, नयाँदिल्लीमा हुनेछ ।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार
















