रास्वपाको केन्द्रीय समितिमा थपिए ३३ जना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा ३३ जना सदस्य मनोनीत गरेको छ ।
काठमाडौंका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल, विवेकशील साझा पार्टीसहितको एकतापछि रास्वपाले केन्द्रीय समितिमा सदस्य थप गरेको हो ।
आइतबार दिउँसो र साँझ बसेको पार्टीको छुट्टाछुट्टै केन्द्रीय समिति बैठकले थप ३३ जना केन्द्रीय सदस्य थप गरेको हो ।
विवेकशील साझा पार्टी छाडेर रास्वपासँगको एकतामा समाहित भएका ७ जनालाई दिउँसो केन्द्रीय समितिमा मनोनीत गरिएको थियो ।
उनीहरूसहित साँझ बसेको बैठकले २६ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेको रास्वपाले जनाएको छ ।
हेर्नुहोस बालेनको टिमबाटथपिएका सदस्यहरू
बालेन शाह
सागर ढकाल
खगेन्द्र सुनार
सुनिल लम्साल
ओजस्वी थापा
भूपदेव शाह
सस्मित पोखरेल
लक्ष्मण थारु
रमेश पौडेल
गणेश पौडेल
सन्तोष गिरी
केपी खनाल
डा.नमिता यादव
सरिता ज्ञवाली
सुशान्त वैदिक
लक्ष्मी बर्देवा
शिव यादव
रोहन कार्की
अनन्तराज घिमिरे
रामकुमार ढुंगाना
प्रदीप ज्ञवाली
खेमराज साउद
मधुसुदन ढकाल
आदित्य आचार्य
प्रदीप पाण्डे
जेम्स कार्की
विवेकशील साझाबाट थपिएका
समीक्षा बास्कोटा
रञ्जु दर्शना
प्रकाशचन्द्र परियार
नवराज थापा
सुरज प्रधान
आशुतोष प्रधान
धनेज थापा
प्रकाशित मिति: २० पुस २०८२, आइतबार












