कस्तो रहला आज देशभरको मौसम ?



काठमाडौं, पुस २३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी वायुको प्रभाव रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्