कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं, पुस २१ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।
यसअघि बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको थियो ।
कार्यसम्पादन समितिको उक्त निर्णयसँगै महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते विशेषे महाधिवेशनको तयारी गरेका थिए । यसबीच पुनः आज कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।
प्रकाशित मिति: २१ पुस २०८२, सोमबार












