रास्वपा र थरुहट/थारुवान अभियान्ताहरुबीच आज एकता हुँदै
काठमाडौँ, पुस २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (सोमबार) बृहत राजनीतिक समायोजन घोषणा सभा आयोजना गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट÷थारुवान अभियान्ताहरू र रास्वपाबीच आज एकता हुन लागेको हो ।
घोषणा सभा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन् । उनीहरु आज रास्वपामा समाजोजन हुन लागेका हुन् ।
रञ्जिता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि असन्तुष्ट नेता–कार्यकर्ताले रास्वपा रोजेका हुन् ।
प्रकाशित मिति: २१ पुस २०८२, सोमबार












