काठमाडौँ–५ बाट ईश्वर पोखरेल एकल सिफारिस



काठमाडौँ, पुस २१ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ बाट प्रत्यक्षतर्फ ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ ।

निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका पूर्व वरिष्ठ उपाध्यक्ष पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।

काठमाडौँ– ५ पोखरेलले नियमित निर्वाचन लड्दै आएका छन् ।

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्