च्यासलमा एमालेको सचिवालय बैठक
काठमाडौं, पुस २२ । नेकपा एमालेले बिहान सचिवालय बैठक बोलाएको छ ।
बैठक आज (मंगलबार) बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्नेगरि बैठक बोलाइएको हो ।
नजिकिँदै गरेको राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धि छलफलको लागि एमालेले सचिवालय बैठक बोलाएको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
आगामी माघ ११ गतेका लागि घोषित राष्ट्रियसभाका रिक्त पदमा हुने निर्वाचनमा तालमेलका लागि एमालेले कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी लगायतका दलसँग छलफल अघि बढाएको छ ।
गएको आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा सहकार्यका विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एक्लाएक्लै छलफल गरेका थिए।
प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार












