भोजपुर एमालेबाट उम्मेदवारका लागि शेरधन राईको नाम एकल सिफारिस



भोजपुर, पुस २२
आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनको लागि भोजपुर एमालेले उम्मेदवारको रुपमा शेरधन राईलाई एकल रुपमा सर्वसम्मत अगाडि सारेको छ ।

मंगलबार बसेको जिल्ला कमिटी बैठकले राईको नाम मात्र एकल नाम सिफारिस गरेको हो ।

आगामी निर्वाचनमा एमाले केन्द्रिय सचिव शेरधन राईको नाम एकल रुपमा सिफारिस गरेको एमाले भोजपुरका अध्यक्ष मक्कर खड्काले जानकारी दिनुभयो ।

एमालेको पकड जिल्लाको रुपमा भोजपुर चिनिन्छ ।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्