कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
काठमाडौँ, पुस २३ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ ।
सानेपास्थित पार्टी मुख्यालयमा बिहान ९ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो ।
काँग्रेसको कार्य सम्पादन समितिको बैठक हिजो पनि बसेको थियो । बैठकमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राख्ने क्रम जारी छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गर्दा संस्थापन पक्ष नियमित महाधिवेशनका पक्षमा छन् ।
प्रकाशित मिति: २३ पुस २०८२, बुधबार












