एमालेबाट राष्ट्रिय सभा उम्मेदवार : झाँक्रीदेखि मेचेसम्म
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ ।
एमालेले कोशी प्रदेशमा रोशनी मेचेलाई उम्मेदवार बनाउने भएको छ । यस्तै, बागमतीमा डा प्रेमकुमार दङ्गाललाई उम्मेदवार बनाइएको छ ।
गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाइएको हो । आज राष्ट्रिय सभाका उम्मेदवारको मनोनयन तालिका छ । मधेस प्रदेशका लागि भने उम्मेदवार चयन गर्न बाँकी छ ।
माघ ११ गते हुने राष्ट्रिय सभामा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपालसँगसमेत तालमेलको अवस्थामा एमालेले पाउने ७ सदस्यका लागि उम्मेदवारहरु तय भएका हुन् । आज राष्ट्रिय सभाका उम्मेदवारको मनोनयन तालिका छ ।
प्रकाशित मिति: २३ पुस २०८२, बुधबार












