महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष उपाध्यायद्वारा सपथ ग्रहण



काठमाडोँ । महालक्ष्मी विकास बैंक लिमिटेडकोे हालै सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम आज नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र समक्ष पद तथा गोपनियताको सपथ लिनुभएको हो । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक र वित्तीय सस्ंथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकलगायतका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

पुस २१ मा सम्पन्न बैंकको वार्षिक साधारण सभा मार्फत संचालक समितिले प्रस्ताव गरे बमोजिम १०.३७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको थियो ।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्