शंखरापुरको जंगलमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु
काठमाडौं, पुस २४ । काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित फेरी जङ्गलमा गएराति बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ४ जनाको मृत्यु पुष्टि भएको र अन्य २३ जना घाइते भएका जानकारी दिए ।
उनका अनुसार कोहलपुर नगरपालिका–५ की कामना शर्माको शंखरापुर अस्पतालमा, ताप्लेजुङ पाथीभरा –५ कि इन्दिरा लिम्बु स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा, सिराह कि शान्ती गुप्ताको एनएमसी अस्पतालमा र पाँचथरका देबेन्द्र लिम्बु एनएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइतेको काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
नेचर हाउस एन्ड हर्व इन्टरनेस्नल कम्पनीबाट पिकनिक फर्कने क्रममा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटना भएको हो ।
प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार












