रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता
काठमाडौँ, पुस २४ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बिहीबार बिहान लामिछाने र लिङ्देनबिच भेटवार्ता भएको हो ।
भेटमा राप्रपा अध्यक्ष लिङ्देनले सभापति लामिछानेलाई पृथ्वी जयन्तीको निम्तो दिएका छन् । राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती मनाउँदै आएको छ ।
प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार












