सभापति देउवालाई भेट्न नेता कोइराला देउवा निवासमा



काठमाडौँ, पुस २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र इतर समूहका नेता डा. शेखर कोइरालाबीच घेटवार्ता भएको छ । नेता कोइराला डा. मिनेन्द्र रिजाललाई लिएर देउवा निवास महाराजगञ्ज पुगेका हुन् ।

तीन नेताबीच कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते आह्वान गरेको विशेष महाधिवेशनबारे कुराकानी भइरहेको बताइएको छ ।

कोइरालाले देउवालाई जसरी भए पनि विशेष महाधिवेशन रोक्न आग्रह गरिरहेको बताइएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति निकालेर नै महामन्त्रीद्वयले गरेको विशेष महाधिवेशन आह्वान विधानसम्मत नभएको जनाइसकेको छ ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्