एनएमबि बैंकको ३०औं बार्षिक साधारण सभा सम्पन्न



काठमाडौँ । एनएमबि बैंकको मा ३० औँ वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न भएको छ ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्व तथा सञ्चालक र शेयरधनीको उपस्थितिमा बिहीबार, त्रिभुवन आर्मि अफिसर्स क्लब साधारण सभा सम्पन्न भएको हो ।

सो अवसरमा सहभागी शेयरधनीहरूले आआफ्नो मन्तव्य व्यक्त गर्दै बैंकका विविध पक्षमाथि छलफल गर्नुभएको थियो ।

एनएमबि बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, बैंकले २०८२ आषाढ मसान्तसम्ममा २ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्नुका साथै रु. २८३.६५ अर्ब निक्षेप संकलन र रु. २४३.३ अर्ब कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले हाल देशभरी २ सय २ शाखा, १ सय ८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्