आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो



काठमाडौँ, पुस २५ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा २ हजार १०० रुपैयाँ बढ्दै प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ ।

सुन यसअघि बिहीबार प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढ्दा आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा ५५ रुपैयाँ घट्दै प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्