नेपाल बैंकका कर्मचारी र ग्राहकलाई ओम अस्पतालमा विशेष छुट दिने सम्झौता



काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवार र, बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौं चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट दिने सम्झौता भएको छ ।

पुस २३ गते अस्पताल र बैंकबीच यस्तो सम्झौता भएको हो । सो सम्झौता बमोजिम कर्मचारीहरु, कर्मचारीका परिवार र, बैंकमाखाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सो सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरे ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरू ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि बाटप्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुनेछन्।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्