नेपाली कांग्रेसद्वारा होमनाथ दाहालप्रति शोक प्रस्ताव पारित



काठमाडौं, पुस २६ । नेपाली कांग्रेसले पूर्वमन्त्री तथा पार्टी नेता होमनाथ दाहालको निधनप्रति शोक व्यक्त पारित गरेको छ ।

आज बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले दाहालप्रति शोक प्रस्ताव पारित गरेको हो ।

वरिष्ठ पत्रकारसमेत रहेका दाहालको उपचारका लागि वीर अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको थियो ।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिएनन् ।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्