कारागारबाट फरार जबरजस्ती करणीका अभियुक्त पक्राउ



मोरङ, पुस २८ । जबरजस्ती करणी उद्योग मुद्दामा सप्तरी कारागारमा थुनामा रहेर फरार रहेका अभियुक्त पक्राउ परेका छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ३ निवासी ३२ वर्षीय नागेन्द्र कुमार पाललाई कारागारबाट फरार भएको झण्डै चार महिनापछि मोरङ प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको हो ।

पाल यसअघि भएको जेनजी आन्दोलनको समयमा कारागारबाट भागेका थिए । कारागारबाट फरार भएदेखि नै प्रहरीले उनको खोजी कार्यलाई तीव्र बनाएको थियो ।

यसै क्रममा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको विशेष टोलीले पुस २७ गते राति करिब पौने १० बजे उनलाई विराटनगर महानगरपालिका–२ स्थित बन्जराचोकबाट फेला पारेको हो ।

पक्राउ परेका पाललाई आवश्यक कानुनी कारबाहीका लागि मोरङ जिल्ला अदालत पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्