सानिमा बैंक नेपाल पेमा
काठमाडौं । सानिमा बैंक र एनसीएचएल बीच नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।
यस औपचारिक कार्यक्रममा उक्त सम्झौतापत्रमा दुवै कम्पनीको उच्च पदाधिकारीको उपस्थितिमा हस्ताक्षर तथा आदानप्रदान भएको छ ।
उक्त सम्झौता पश्चात एनपिएस एनसिएसमा बैंकको स्वीच इन्टिग्रेसन गरिसकेपछि आफ्नो ग्राहकहरुलाई नेपाल पे कार्ड जारी गर्न तथा नेपाल जेको कारोबार अक्वायर गर्न सक्नेछ ।
हालसम्म एनपिएस एनसिएसमा मा अन्य ३३ वटा बैंक वित्तीय संस्थाहरु प्रिन्सिपल मेम्बरको रुपमा आवद्ध भइसकेका छन्, जसमध्ये १२ वटा बैंक वित्तीय संस्थाहरुले लाइभ अपरेसन शुरु गरिसकेका छन् ।
एनसीएचएलले हालै नेपाल पेकार्डको व्यवसायीक रोलआउट शुरु गरिसकेको छ र अन्तराष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपाल पे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ ।
नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपाल पे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपाल पे कार्डहरू नेपाल तथा विश्वव्यापी रूपमा एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिने भएको छ ।
प्रकाशित मिति: २८ पुस २०८२, सोमबार
















