ट्रम्पले गरे इरानसँग व्यापार गर्ने देशलाई २५ प्रतिशत भन्सार लगाउने घोषणा
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूलाई २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन् ।
आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर उनले इरानसँग व्यापार गर्ने देशहरूलाई अमेरिकामा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका हुन् ।
‘इरानसँग व्यापार गर्ने देशहरूले अमेरिकासँग व्यापार गर्दा २५ प्रतिशत भन्सार बुझाउनुपर्नेछ। यो तत्काल लागू हुनेछ,’ उनले लेखेका छन् ।
यसबारे ह्वाइट हाउसले औपचारिक विज्ञप्ती भने सार्वजनिक नगरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
विश्व बैंकका पछिल्ला तथ्यांक अनुसार इरानी निर्यातका प्रमुख गन्तव्य चीन, संयुक्त अरब इमिरेट्स र भारत रहेका छन् । भन्सार शुल्क भने अमेरिकी आयातकर्ताले तिर्नुपर्ने व्यवस्था हुन्छ ।
इरानमा दुई साताको अवधिमा ५०० जनाको मारिएको र दस हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् । ट्रम्पले लगातार इरानलाई प्रदर्शनकारीमाथि गोली नचलाउन चेतावनी दिँदै आएका छन् ।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार
















