प्रभु बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा विभिन्न निर्णयहरु पारित गर्दै बुधबार सम्पन्न भएको छ ।
बैंकको सञ्चालक समिति अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा बबरमहलस्थित प्रधान कार्र्यालयमा बसेको साधारण सभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आ.व. ०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ ।
सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको र प्रभु स्टक मार्केट लिको गत आ.व. २०८१/०८२ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरु सर्वसम्मत्बाट पारित भएका छन् ।
प्रभु बैंकले देशभर ६८ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, २ सय ६९ वटा एटिएम तथा ३ सय १२ वटा शाखा कार्यालयहरु सहित देशभर बैंकिङ्ग सञ्जालको माध्यमबाट ३७ लाख भन्दाबढि ग्राहकलाई बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार
















