एन आई सी एशिया बैंकको सञ्चालकमा राजभण्डारी नियुक्त




काठमाडौँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगाल्नु भएकी अनुपा प्रधान राजभण्डारी एन आई सी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त हुनुभएको छ ।

नवनियुक्त सञ्चालक राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएकोे छ ।

बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गर्नु भएको उहाँले तत्कालिन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व सम्हाल्नु भएको थियो ।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्