महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” डिजिटल प्रवर्र्धन महिना सञ्चालन गर्ने
काठमाडौँ । महालक्ष्मी विकास बैंकले माघ महिनालाई “महालक्ष्मी माघ महोत्सव” महिनाका रुपमा मनाउने भएको छ ।
अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रवर्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ्ग कारोबारलाई बढावा दिन “महालक्ष्मी माघ महोत्सव”( डिजिटल प्रबद्र्धन महिना सञ्चालन गर्ने भएको हो ।
बैंकले हरेक वर्षको माघ महिनालाई डिजिटल कारोबार प्रबद्र्धन महिनाको रुपमा मनाउने निर्णय बमोजिम “महालक्ष्मी माघ महोत्सव” मनाउन थालिएको हो ।
दैनिक कुल कारोबार संख्यामा बैंकको डिजिटल कारोबारको संख्या औसतमा ८० प्रतिशत बढी रहेको यस बैंकले यस्तो कारोबारहरुलाई थप वृद्धि गर्न बैंकले डिजिटल सेवामा विभिन्न आकर्षक सुविधाहरु थप गरेको छ ।
विभिन्न सुविधाहरु मध्ये मोबाइल एप “महालक्ष्मी स्मार्ट साथी” मार्फत मुद्धती खोल्दा बढी ब्याजदर प्रदान गर्ने भएको छ ।
यस अन्तर्गत ग्राहकहरुले मोबाइल एप मार्फत मुद्धती खाता खोल्दा बैंकले व्यक्तिगत मुद्धतीमा प्रदान गर्ने ब्याजदर भन्दा ०.२५ प्रतिशत बढी ब्याजदर प्राप्त गर्न सक्नेछन् ।
स्मार्ट साथी एपबाट खोलिने व्यक्तिगत मुद्धती खाताहरुमा नेपाल राष्ट्र बैंकको ब्याजदर निर्धारण सम्बन्धी नियमन भित्र रही ब्याज प्रदान गर्नेछ ।
त्यसैगरी “महालक्ष्मी माघ महोत्सव” लाई थप उत्साहमय बनाउन भर्चुअल तथा साधारण क्रेडिट कार्ड जारी गर्दा तथा वार्षिक शुल्कमा शतप्रतिशत छुट प्रदान गर्नेछ । साथै, डेबिट कार्ड जारी गर्दा तथा मोबाइल बैकिङ्ग दर्ता गर्दा शतप्रतिशत छुट प्रदान गर्नेछ । ग्राहकहरुले मोबाइल एप मार्फत फार्मेसीको बिल भुक्तानी गर्दा बिल रकमको २० प्रतिशत वा रु. २०० सम्मको क्यासब्याक प्राप्त गर्नेछन् ।
अडियो मार्फत भुक्तानी प्राप्त भए नभएको सुचना प्रदान गर्ने “कोइली” दर्ता गर्दा समेत शुल्क लाग्ने छैन । यो अभियान २०८२ साल माघ महिनाको लागि मात्र लागु हुने बैंकले जनाएको छ ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार
















