नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा पुस ३० गते काठमाडौँमा सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा भएका साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तको वित्तीय विवरणहरू पारित गरेको छ ।
त्यस्तै, सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त र सुविधा पारित गर्दै महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भए पश्चात् लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको छ ।
बैंकको नियमावलीको नियम ३१ मा भएको व्यवस्था बमोजिम सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव पारित गर्दै उक्त प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान समेत गरेको छ ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार
















