उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं, माघ ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्दैछ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो ।

निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेको छ । तोकिएको समय सकिन अब एक दिन मात्रै बाँकी रहेकाले राजनीतिक दलहरू उम्मेदवार चयनमा व्यस्त छन् ।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्