भोजपुरमा एमालेको उम्मेदवार शेरधन राई
भोजपुर, माघ ४
नेकपा एमालेले भोजपुरमा शेरधन राईलाई प्रतिनिधि सभाका उम्मेदवार बनाएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा एमाले केन्द्रिय सचिव रहेका राईलाई उम्मेदवार बनाएको हो ।
शनिबार एमालेले लगभग देशैभर उम्मेदवार छनोट गरेको थियो । एमाले भोजपुरले उम्मेदवारको रुपमा शेरधनलाई एकल रुपमा सिफारिस गरेको थियो ।
पूर्व सञ्चारमन्त्री र कोशी प्रदेशका पूर्व मुख्यमन्त्री रहिसक्नु राई एमाले सचिव तथा कोशी प्रदेश संयोजकको भूमिकामा समेत हुनुहुन्छ ।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार












