काठमाडौं महानगरको मेयरबाट आज राजीनामा दिँदै बालेन



काठमाडौँ, माघ ४ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज मेयर पदबाट राजीनामा दिने भएका छन् ।

आगामी फागुन २१ मा हुने प्रतिनधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्न उनी महानगरको मेयरबाट राजीनामा दिन लागेका हुन् ।

उनले आजै राजीनामा दिने र दिउँसो २ बजे रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने कार्यक्रम तय भएको छ । उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

दिउँसो २ बजेका लागि बैठक बोलाइएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौँको मेयर बनेका बालेन यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्दैछन् ।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्