एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, ओलीले सम्बोधन गर्ने



काठमाडौं, माघ ४ । नेकपा (एमाले)ले आज काठमाडौँमा वृहत् जनप्रदर्शन एवं जनसभा गर्दैछ ।

एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रदर्शन गर्न लागिएको हो ।

भृकुटीमण्डपबाट १२ बजे सुरु हुने जनप्रदर्शन विभिन्न भागको परिक्रमा गरी प्रज्ञाभवन, कमलादीमा पुगेर सभामा परिणत हुनेछ । जनसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

एमालेले केही विवादित क्षेत्रबाहेक अधिकांश निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाइसकेको छ ।

आजको यस प्रदर्शनलाई एमालेले काठमाडौँमा आफ्नो चुनावी शक्ति प्रदर्शनका रूपमा लिएको छ ।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्