राष्ट्रियसभा बैठक बसेको पाँच मिनेटमै स्थगित, शोक प्रस्ताव पारित



काठमाडौं । राष्ट्रियसभाको आजका लागि बोलाइएको बैठक पाँच मिनेटमै स्थगित भएको छ ।

आइतबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले हालै निधन भएका नेपाली कांग्रेसका नेता एवम राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए ।

जसलाई सभाले सर्वसम्मतिले पारित गर्दै बैठक स्थगित भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आइतबारका दिन ११ः०० बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका थिए ।

गत भदौ ३१ गते राष्ट्रियसभाको १८औँ अधिवेशन अन्त्य भएको थियो । यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रियसभाको १९ सदस्यका लागि निर्वाचनको तयारी पनि गरेको छ । राष्ट्रियसभा सदस्यमा एकजना निर्विरोध निर्वाचित भइसकेका आयोगले जनाएको छ ।

अर्को बैठक माघ ९ गते बस्ने तय भएको छ ।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्