धरानका नगर प्रमुख हर्क साङपाङले दिए राजीनामा
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साङपाङ)ले राजीनामा दिएका छन् ।
राष्ट्रिय श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका राईले आज राजीनामा दिएका हुन् ।
उनी धरान निर्वाचन क्षेत्र रहेको सुनसरी– १ बाट उम्मेदवार बन्ने निश्चित भएसँगै राजीनामा दिएका हुन् ।
२०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका राईले २० हजार ८ सय २१ मत ल्याएर विजयी भएका थिए ।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार












