जनकपुरबाट बालेनको राजनीतिक यात्रा सुरु, जानकी मन्दिरमा दर्शन



काठमाडौं, माघ ४ । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चुनावमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले जनकपुरबाट राजनीतिक यात्रा सुरु गरेका छन् ।

रास्वपाले सोमबार जनकपुरधाममा गर्न लागेको चुनावी जनसभालाई सम्बोधन गर्न शाह आइतबार साँझ नै जनकपुर पुगेका हुन् । उनले सोमबार बिहानै जनकपुरधामस्थित जानकी मन्दिरमा गएर दर्शन गरेका छन् ।

पूर्व सांसद डा.अमरेश कुमार सिंहसँगै बालेनले जानकी मन्दिरमा पुगेर पूजाआजा र दर्शन गरेका हुन् । मन्दिरमा नियमित हुने बिहानी आरतीमा शाह सहभागी भए ।

बालेन सोमबार नै मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोप्रति श्रद्धाञ्जली अर्पण गर्न सिरहाको लहान जाने कार्यक्रम पनि छ ।

रास्वपाले मधेशमा सोमबार ‘परिवर्तन उद्घोष सभा’ आयोजना गरेको छ । सो सभामै अमरेश कुमार सिंह पनि पार्टी प्रवेश गर्दैछन् ।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्