निर्वाचन आचारसंहिता लागू



काठमाडौं, माघ ५ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गएरातिदेखि निर्वाचन आचारसंहिता लागू भएको छ ।

निर्वाचन आयोगको आइतबार बसेको बैठकल आचारसंहिता लागू गर्ने निर्णय गरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता बनाई लागू गरेको उनले बताए ।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्