कांग्रेस विवाद : देउवा समूहको रिटमा आज पेसी
काठमाडौँ, माघ ६ । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ ।
आइतबार तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्तासँगै सर्वोच्च प्रशासनले मंगलबारको लागि पेसी तोकेको थियो ।
रिटको पेसी आइतबारका लागि नै तोक्नका लागि आग्रह गरेको भएपनि सर्वोच्च प्रशासनले सम्भव नभएको जानकारी दिएको थियो ।
गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकताको विवाद छ ।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार












