कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौं, माघ ७ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसले गर्दा आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने जनाइएको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा अन्य भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ७ माघ २०८२, बुधबार












