एमालेले यसपटक उठायो ५४ प्रतिशत युवा उम्मेदवार



काठमाडौँ, माघ ७ । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ ।

यसअघि निर्वाचनमा विभिन्न दलसँग तालमेल र गठबन्धन गरेको एमाले यसपटक भने मैदानमा एकल उत्रिएको छ ।

यसपालि एमालेले अगाडि सारेको सिंगो उम्मेद्वार संख्या मध्ये ५४.५४ प्रतिशत नयाँ अनुहार रहेको केन्द्रीय प्रचार विभागका प्रमुख मीनबहादुर शाहीले बताए । उनका अनुसार मधेस र सुदूरपश्चिममा ५०÷५० प्रतिशत र कोशीमा ५३.५७ प्रतिशत उम्मेद्वार नयाँ छन् ।

सबैभन्दा धेरै नयाँ उम्मेद्वार कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२.३० प्रतिशत छन् । बागमती र गण्डकीमा यो संख्या क्रमशः ६०.६० प्रतिशत र ६१.११ प्रतिशत रहेको उनले बताए ।

प्रकाशित मिति: ७ माघ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्