कालिकोटमा कांग्रेस र नेकपामा ‘बागी’ उम्मेदवार



काठमाडौं, माघ ७ । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ गृहजिल्ला कालिकोटमा बागी उम्मेदवारी दर्ता गरेका छन् । उनी कांग्रेसका आधिकारिक उम्मेदवार हर्षबहादुर बमविरूद्ध ‘बागी’ बनेका हुन् ।

शाही यसअघि २०७० र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार थिए । उनले यसपाली पनि पार्टीबाट टिकट पाउने भन्दै चुनावी अभियान सुरू गरिसकेका थिए ।

नेता डा. शेखर कोइरालानिकट उनी शिवेष महाधिवेशनको पक्षमा थिएनन् । विशेष महाधिवेशनको पक्षमा खुलेका बम पार्टीबाट टिकट पाउन सफल भए ।

त्यसैगरी कालिकोटामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का आधिकारिक उम्मेदवार महेन्द्रबहादुर शाहीविरुद्ध पनि जीवन बुढा ‘बागी’ उम्मेदवार बनेका छन् ।

नेकपा एमालेले नागीन्द्र शाही, नेकपा माओवादीले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रकाश न्यौपानेलाई उम्मेदवार बनाएका छन् ।

प्रकाशित मिति: ७ माघ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्