मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एकजनाको मृत्यु



वाग्मती, माघ ८ । कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुलनजिक भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ गइरहेको मधेस प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी आज बिहान दुर्घटना हुँदा सर्लाहीको वरथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको हो ।

दुर्घटनामा सर्लाहीको वरथवा नगरपालिका–१ का २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवानको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्