माधव नेपालविरुद्धको उजुरी दरपीठ, प्रमाण पुगेन
रौतहट, माघ ८ । रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका माधवकुमार नेपालविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दरपीठ गरेको छ ।
नेपालको उम्मेदवारी खारेज गर्न माग गर्दै दर्ता गर्न खोजिएको उजुरीमा पर्याप्त प्रमाण नपुगेको भन्दै कार्यालयले दर्ता गर्न अस्वीकार गरेको हो ।
प्रतिनिधि सभा सदस्यकै अर्का उम्मेदवार रामनरेश राय यादवले नेता नेपाल विरुद्ध दाबी–विरोध पेश गरेका थिए । उजुरीमा पतञ्जली योगपीठको जग्गा खरिद–बिक्री प्रकरणमा नेपाल संलग्न रहेको र भ्रष्टाचारको मुद्दा विशेष अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै उनलाई उम्मेदवार बन्न अयोग्य ठहर गर्न माग गरिएको थियो ।
प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार












