लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
२०८१ चैत २१ गते प्रदेश राजपत्रमा सार्वजनिक सूचना बमोजिम वसन्तपञ्चमी (श्रीपञ्चमी)को अवसरमा आज सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारी दिए ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।
वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ ।
विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार












