एकीकृत समाजवादी तेह्रथुम एमालेमा समाहित



तेह्रथुम, माघ ९ । नेकपा एकीकृत समाजवादी तेह्रथुम जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ ।

एकीकृत समाजवादी जिल्ला कमिटी तेह्रथुम अध्यक्ष योगेन्द्र प्रसाद गड्तौलाले प्रेस विज्ञप्ति निकालेर पोलिटव्युरो सदस्य भवानी खापुङको नेतृत्वमा नेकपा एमालेमा समाहित भएको हो ।

वर्तमान राजनीतिक अवस्थामा लोकतान्त्रिक शासन प्रणाली कमजोर बनाउने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेल बढ्दै गएको र यो अवस्थामा राष्ट्रिय राजनीतिक शक्तिहरू संगठित हुन आवश्यक रहेकाले एमालेमा समाहित भएको विज्ञप्तिमा उल्लेख छ ।

आगामी निर्वाचनमा एमाले उम्मेदवारलाई साथ दिने पनि गड्तौलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपनि असन्तुष्ट समूह भने एकता प्रक्रियामा सहभागी थिएनन् ।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्