अफगानिस्तानमा भारी हिमपात र वर्षाबाट ६१ जनाको मृत्यु
काठमाडौँ, माघ ११ । अफगानिस्तानमा विगत तीन दिनमा देशका धेरै भागहरूमा भारी हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको छ ।
अफगानिस्तानको विपद् व्यवस्थापन निकायका अनुसार हिमपात र हिमपहिरोले १०० भन्दा बढी व्यक्ति घाइते भएको र ४०० भन्दा बढी घरहरू ध्वस्त भएको पनि जनाएको जानकारी दिइएको छ । एजेन्सीले यो तथ्याङ्क बढ्न सक्ने अनुमान गरेको छ ।
भारी हिमपातले काबुललाई उत्तरी प्रान्तहरूसँग जोड्ने हिन्दुकुशमाथिको मुख्य राजमार्ग सहित सडकहरू अवरुद्ध गरेको छ । अफगानिस्तानका धेरै प्रान्तहरूमध्ये बामियान, परवान, बल्ख र मैदान वर्दक बढी प्रभावित भएका छन् ।
प्रकाशित मिति: ११ माघ २०८२, आइतबार
















