नागढुङ्गाबाट ७ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुगाबाट अवैध लागूऔषध (ब्राउनसुगर) सहित एक जना पक्राउ परेका छन् ।
नागढुङ्गा चेकपोइन्टबाट ब्राउन सुगर ७ ग्राम ब्राउनसहित सुनसरी ईटहरी नगरपालिका ३ बस्ने ३६ वर्षीय निरोज न्यौपानेलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।
काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.००१ ००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले बसमा सवार न्यौपानेमाथि शंका गरेको थियो ।
शंकाका आधारमा चेकजाँच गर्दा न्यौपानेको ज्याकेटको खल्तीभित्र लुकाएर राखेको अवस्थामा उक्त लागुऔषध फेला परेको थियो।
न्यौपानेलाई नियन्त्रणमा लिइ यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ११ माघ २०८२, आइतबार
















