वैवाहिक बन्धनमा बाँधिए प्रलोपाका नेता सन्तोष परियार



कास्की । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता सन्तोष परियार वैवाहिक बन्धनमा बाँधिएका छन् ।

आइतबार परियारले पोखरा महानगरपालिका-१७ की सर्मिला मित्रकोटीसँग कानुनी विवाह गरेका हुन् ।

मित्रकोटी र परियार दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए ।

उनीहरुले आज जिल्ला अदालतमा कास्कीमा उपस्थित भएर प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व नेता समेत रहेका परियार पूर्वसांसद समेत हुन् ।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्